काठमाडौं । नेपालको छिमेकी मुलुक भारतले २६ नोभेम्बरका दिन आफ्नो संविधान दिवस मनाउँदै आएको छ ।
७६ औँ संविधान दिवसका अवसरमा भारतले नेपाली भाषामा समेत आफ्नो संविधानको अनुवादित प्रति जारी गरेको हाे ।
संविधान दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले नेपालीसहित विभिन्न ९ भाषामा भारतीय संविधानको अनुवादित प्रति जारी गरेकी हुन् ।
विशेष समारोहलाई सम्बोधन गर्दै उनले मलयालम, मराठी, नेपाली, पञ्जाबी, बोडो, कश्मिरी, तेलुगु, ओडिया र असमियासहित ९ भाषामा संविधानको अनुवादित प्रति जारी भएको बताइन् ।
#WATCH | Delhi: President Droupadi Murmu releases the translated version of the Constitution in nine languages, including Malayalam, Marathi, Nepali, Punjabi, Bodo, Kashmiri, Telugu, Odia and Assamese.
— ANI (@ANI) November 26, 2025
(Source: PMO/YouTube) pic.twitter.com/kMFSweObCG
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ