नेपाल प्रहरीका तीन जना अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन्। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले बुधबार काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा उनीहरूलाई दर्ज्यानी चिन्ह लगाइदिए।
सरकारको मंसिर ८ गतेको निर्णय अनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा १ जना, प्रहरी वरिष्ठ उपरीक्षकबाट नायव महानिरीक्षकमा १ जना र प्राविधिक वरिष्ठ उपरीक्षकबाट प्राविधिक नायव महानिरीक्षकमा १ जना गरी तीन जना अधिकृत पदोन्नति भएका थिए।
दर्ज्यानी चिन्ह पाउनेमा अतिरिक्त महानिरीक्षक ईश्वर कार्की, नायव महानिरीक्षक विश्व अधिकारी र प्राविधिक नायव महानिरीक्षक ई. राम कुमार चौधरी रहेका छन्।
समारोहमा आईजीपी कार्कीले पदोन्नति प्राप्त अधिकृतहरूलाई बधाई दिँदै जिम्मेवारी निष्ठापूर्वक निर्वाह गरी प्रहरी सेवामा प्रभावकारी नेतृत्व प्रदान गर्ने विश्वास व्यक्त गरे साथै संवेदनशील अवस्थामा मुलुकलाई आवश्यक सेवा–सुरक्षामा प्रहरी झनै समर्पित हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा पदोन्नति प्राप्त अधिकृतहरूको तर्फबाट एआईजी ईश्वर कार्कीले व्यावसायिक निष्ठा र इमानदारीका साथ जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।



देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ