बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • तिलिचो तालमा विश्वकै अग्लो स्थानमा रेस्लिङ प्रतियोगिता सम्पन्न, गिनिज बुकमा कीर्तिमान कायम

तिलिचो तालमा विश्वकै अग्लो स्थानमा रेस्लिङ प्रतियोगिता सम्पन्न, गिनिज बुकमा कीर्तिमान कायम


कान्तिपथ


विश्वकै सर्वाधिक उचाइमा अवस्थित मनाङको तिलिचो ताल किनारमा आयोजित मैत्रीपूर्ण रेस्लिङ प्रतियोगिता बुधबार सम्पन्न भएको छ। महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा भएको यो प्रतियोगिता ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा दर्ता भएको आयोजकले जनाएको छ।

मनाङ ङिस्याङ गाउँपालिका–९ मा सञ्चालित प्रतियोगिताको पहिलो ‘महाभिडन्त’मा नेपालका भगवती खड्का (युनिका) र अस्मिता सुनार (जुरेली) ले अमेरिकी रेस्लरहरूलाई पराजित गर्दै विश्व कीर्तिमानमा आफ्नो नाम लेखाउन सफल भए।

त्यस्तै, पुरुषतर्फको खेलमा ‘सिन्धुपाल्चोक टाइगर’ उपनामले चिनिने कृष्ण बहादुर मगरले लोकु सिङलाई पाखा लगाउँदै उपाधि जिते।

कार्यक्रममा मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै, मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौडेल, गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङ, वडा अध्यक्ष चोल्पा गुरुङ लगायतको विशेष सहभागिता रहेको थियो।

फाउन्डेसनकी अध्यक्ष भगवती खड्काले सहयोगी तथा सहभागीहरूलाई सम्मानपत्र वितरण गर्दै कार्यक्रम समापन गरेकी थिइन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत