सशस्त्र प्रहरी बलका दुई प्रहरी अधिकृतको बढुवा सिफारिस गरिएको छ। गृह मन्त्रालयको बढुवा समितिको निर्णय अनुसार सशस्त्र प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक कृष्णराज पाठकलाई नायब महानिरीक्षक(DIG)मा र सशस्त्र प्रहरी उपरीक्षक समिक कुमार महर्जनलाई वरिष्ठ उपरीक्षक(SSP)मा बढुवा सिफारिस गरिएको हो।