बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • श्रीलंकामा सम्पन्न विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा देवकी खड्कालाई स्वर्ण, विश्व कीर्तिमान कायम

श्रीलंकामा सम्पन्न विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा देवकी खड्कालाई स्वर्ण, विश्व कीर्तिमान कायम


कान्तिपथ


श्रीलंकामा सम्पन्न विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा नेपालकी देवकी खड्काले ऐतिहासिक सफलता हासिल गरेकी छन्। उनले आफ्नो विधामा स्वर्ण पदक जित्दै विश्व कीर्तिमान (World Record) समेत कायम गरेकी हुन्।

श्रीलंकाको राजधानी कोलम्बोमा नोभेम्बर २७ देखि ३० तारिखसम्म आयोजना भएको उक्त प्रतियोगितामा खड्काले मास्टर्स क्याटगोरी (४० देखि ४४ वर्ष उमेर समूह) मा प्रतिस्पर्धा गरेकी थिइन्। कडा प्रतिस्पर्धाका बीच उनले स्वर्ण पदक जितेर नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा उच्च बनाएकी छन्।

स्वर्ण पदकसँगै खड्काले उक्त उमेर समूहको पावरलिफ्टिङमा नयाँ विश्व रेकर्ड राख्न सफल भएको जनाइएको छ। यो उपलब्धिले नेपाली पावरलिफ्टिङ क्षेत्रमा नयाँ उत्साह थपेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत