बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • सिटि रिक्सा चालकलाई गोली प्रहार गरी हत्या गर्ने ७ जना पक्राउ

सिटि रिक्सा चालकलाई गोली प्रहार गरी हत्या गर्ने ७ जना पक्राउ


गणेश विक


सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी ०५:२० बजेको समयमा रामधुनी नगरपालिका-२ कर्मनिया टोल स्थित भित्री सडकमा अपरिचित व्यक्तिहरुले गोली प्रहार गरी हत्या गरेको घटनाको अनुसन्धानको क्रममा संलग्न रहेका ७ जनाको समुहलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा रामधुनी नगरपालिका १ का ४३ बर्षीय राजेश भन्ने राजकिशोर साह, ४० बर्षीय नन्द किशोर साह, भोक्राहा नरसिंह गाउँपालिका ५ का ३४ बर्षीय मोहमद इब्रान मिया, देवानगन्ज गाउँपालिका ४ का ३७ बर्षीय गियास मन्सुरी, देवानगन्ज ५ का २५ बर्षीय मिथलेश यादव, सप्तरी राजविराज नगरपालिका १६ का २८ बर्षीय अंकित साह र राजबिराज ९ का २८ बर्षीय प्रिन्स कुमार दास रहेका छन ।

गोली प्रहार गरी हत्या गरेको घटनाको अनुसन्धानको क्रममा मृतक दिनेश कुमार चौधरीले तन्त्रमन्त्र गरी लामो समय देखि परिवारका सदस्यहरुलाई बिरामी बनाई दुःख हैरानी दिएको कारण राजकिशोर साह र नन्द किशोर साह समेतले योजना वनाई मोहमद इब्रान मिया लगायतका व्यक्तिहरुसंग रकम लेनदेन गरी दिनेश कुमार चौधरीलाई गोली प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

घटनामा संलग्न रहेका उनिहरुको मंसिर १७ गते सम्मानित सुनसरी जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा म्याद थप गरी आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत