बुधबार, फाल्गुन ६, २०८२

“उनिको स्विटर” सार्वजनिक


गणेश विक


काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा पृथक गीत “उनिको स्विटर” सार्वजनिक भएको छ। गीत प्रेमिल जोडीहरुको कथामा आधारित रहेको छ।

यस गीतमा पार्वती बिश्वकर्मा र राम परियारको स्वर रहेको छ भने पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को शब्द, गायक तथा संगीतकार रमेश बिक्रम रत्नको संगीत, रमेश सेञ्चुरीको एरेञ्ज, मनोज डंगोलको मिक्सिङ रहेको छ।

यस गीतको भिडियोमा प्रकाश बराईली अभिब्यक्ति को निर्देशन, छायांकन, सम्पादन रहेको छ भने रबिन बिकको रंग संयोजन रहेको छ।

उक्त गीतको भिडियोमा सुजन सुर्खेती, सुमित्रा पार्की, शिब पराजुली आदीको अभिनय रहेको छ। उनिको स्विटर नामक गीतलाई प्रकाश बराईली “अभिब्यक्ति”  को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत