बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • नेपाल प्रहरी श्रीमती संघकाे “स्वागत तथा पदभार ग्रहण” कार्यक्रम सम्पन्न

नेपाल प्रहरी श्रीमती संघकाे “स्वागत तथा पदभार ग्रहण” कार्यक्रम सम्पन्न


गणेश विक


काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ, भृकुटीमण्डप काठमाडौंमा नव-नियुक्त अध्यक्ष श्रीमती नविना खत्री कार्कीको सम्मानमा आयोजित स्वागत तथा पदभार ग्रहण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा संघका उपाध्यक्षहरू, सल्लाहकारहरू, कार्यसमितिका पदाधिकारीहरू, आसरा सुधार केन्द्रका प्रतिनिधिहरू, साधारण सदस्यहरू, साथै सिनियर र जुनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीज्यूहरूको उल्लेख्य सहभागिता रहेको थियो।

उपस्थितहरूले नयाँ नेतृत्वले संस्थालाई अझ प्रभावशाली ढङ्गले अगाडि बढाउने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नव-नियुक्त अध्यक्ष खत्रीले नेपाल प्रहरी श्रीमती संघजस्तो गरिमामय र सामाजिक उत्तरदायित्व बोकेको संस्थाको नेतृत्व ग्रहण गर्नु आफैँमा अभिमान र प्रेरणाको विषय भएको बताइन्।

उनले संघले स्थापना कालदेखि गर्दै आएको सामाजिक, मानविय तथा कल्याणमुखी गतिविधिहरूको प्रशंसा गर्दै आगामी दिनमा सङ्गठित पहलकदमी, समय सापेक्ष कार्यक्रम र समन्वित प्रयासमार्फत संस्थालाई अझ सक्षम, सुदृढ र सक्रिय बनाउने प्रतिवद्धता व्यक्त गरिन्।

उनले संघका पूर्वअध्यक्ष तथा पदाधिकारीहरूले राखिदिएको बलियो जगलाई निरन्तरता दिँदै महिला सशक्तिकरण, परिवार कल्याण, समुदायमैत्री गतिविधि, तथा प्रहरी संगठनका परिवारजनका साना–ठूला आवश्यकता सम्बोधन गर्ने कार्यलाई प्राथमिकतामा राख्ने बताइन्।

यसै क्रममा, कार्यक्रमका कोषाध्यक्ष श्रीमती सङ्गिता लम्सालले स्वागत मन्तव्य राख्दै संघले विगतदेखि गर्दै आएका कार्यक्रमहरू सफलतापूर्वक अगाडि बढाउन सबैको साझा सहयोग र संयोजन आवश्यक रहेको उल्लेख गरिन्।

यसैगरी सह-सचिव श्रीमती मन्जु शर्माले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

साथै खाली रहेको पदहरूमा पदपूर्ति प्रक्रिया पनि सम्पन्न गरिएको छ।

नयाँ पदाधिकारीहरूले संघका नियम, मूल्य र लक्ष्यलाई आत्मसात गर्दै जिम्मेवारी निर्वाह गर्ने प्रतिज्ञा व्यक्त गरे।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत