बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • दुर्घटना
  • दुर्घटना न्यूनीकरण गर्न उपत्यका ट्राफिक प्रहरीद्वारा रात्रिकालीन सचेतना अभियान सुरु

दुर्घटना न्यूनीकरण गर्न उपत्यका ट्राफिक प्रहरीद्वारा रात्रिकालीन सचेतना अभियान सुरु


कान्तिपथ


काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले रातको समयमा हुने सडक दुर्घटना न्यूनीकरणका लागि विशेष सचेतना अभियान सुरु गरेको छ।

पछिल्लो समय उपत्यकामा रातको समयमा सवारी दुर्घटना बढ्न थालेपछि ट्राफिक प्रहरीले यो अभियान थालेको हो। अभियानबारे जानकारी दिँदै उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले दिउँसोको तुलनामा रात्रिकालीन समयमा दुर्घटनाको जोखिम झन् बढी हुने भएकाले यो अभियान चलाइएको बताउनुभयो।

उहाँले राति सडक खाली हुँदा तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गर्ने र ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्ति बढ्ने भएकाले चेकजाँच र सचेतनालाई कडाइ गरिएको जानकारी दिनुभयो। यस अभियानले रातको समयमा हुने यात्रालाई सुरक्षित बनाउन मद्दत पुग्ने ट्राफिक प्रहरीको विश्वास छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत