बुधबार, फाल्गुन ६, २०८२

श्रम संस्कृति पार्टीले गर्‍यो उपाध्यक्ष लामालाई निलम्बन

धरान —श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामालाई निलम्बन गरेका छन् ।
बम विस्फोटको पुरानो घटनामा संलग्न भएको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेपछि बुधबार साम्पाङले राज्यको अनुसन्धानलाई सघाउने प्रतिबद्धता व्यक्त गर्दै उपाध्यक्ष लामालाई अनुसन्धान नटुंगिएसम्मका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको घोषणा गरेका छन् ।
पार्टी अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोष्ट गर्दै निर्दोष सावित नभएसम्म उपाध्यक्ष पदबाट निलम्बन गरिएको बताएका छन् । उनी भन्छन्, ‘गलतलाई गलत र सहीलाई सही भन्ने मान्छे हुँ, राज्यले गर्ने अनुसन्धानमा कुनै पनि किसिमको दबाब वा प्रभाव हाम्रो तर्फबाट हुने छैन ।’
कुमार, विश्वक्रान्तिका नामले चिनिने उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार कपनबाट पक्राउ गरेको हो । विश्व संयुक्त जातीय मुक्ति मोर्चा नामक संगठनमा रहेका बेला काठमाडौंसहित देशको विभिन्न स्थानमा बम विष्फोट गराएको अभियोग उनलाई रहेको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत