बुधबार, फाल्गुन ६, २०८२

जितु नेपाल मुन्द्रेले चलचित्र ‘आई एम जितबहादुर’ निर्माण गर्ने


कान्तिपथ


कलाकार जितु नेपालले नयाँ चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् । उनले ‘आई एम जित बहादुर’ शीर्षकको चलचित्र निर्माणमा ल्याउने भएका हुन् । चलचित्रको निर्देशन सुभेन्दू घोषले गर्नेछन् भने कथावस्तु पनि स्वयं निर्देशककै रहनेछ । निर्माणको जिम्मेवारी जितु नेपालले सम्हाल्नेछन् ।

चलचित्रमा मुख्य भूमिकामा जितु नेपाल नै देखिनेछन् । उनका अनुसार माघ १ गतेबाट चलचित्रको छायांकन सुरु हुनेछ । निश्चल कुवर र निराज नेपाल कार्यकारी निर्माताका रूपमा रहनेछन् । कर्मभूमि क्रिएसनको प्रस्तुति रहने चलचित्रको ट्यागलाइन ‘सपनादेखि भाग्यसम्म’ राखिएको छ, जसले सपना र सफलताबीचको यात्राको कथा भन्ने संकेत गर्छ ।

सार्वजनिक गरिएको थिम पोस्टरले पनि यही भाव स्पष्ट पारेको छ । पोस्टरमा फर्मल पहिरनमा अवार्ड हातमा बोकेर उत्सव मनाइरहेको दृश्य देखिन्छ, जसले चलचित्र कलाकारको जीवनकथामा आधारित हुन सक्ने आभास दिन्छ ।

यद्यपि जितु नेपालले चलचित्रको कथावस्तुबारे विस्तृत खुलाएका छैनन् । निर्देशक घोष यसअघि चार–पाँचवटा हिन्दी चलचित्र निर्देशन गरिसकेका अनुभवी निर्देशक हुन् । “उहाँले निर्देशन गरेका चलचित्र कतार एयरवेजमा पनि हेर्न सकिन्छ,” जितु नेपालले बताए ।

‘आई एम जित बहादुर’को डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने चलचित्रको पोस्ट–प्रोडक्सनको काम भारतमा गरिनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत