बुधबार, फाल्गुन ६, २०८२

‘दोस्रो शहीद मानबहादुर स्मृति कप-२०८२’ माघ ३ देखि (फोटो फिचर सहित)


कान्तिपथ


काठमाडौँ (फर्पिङ) — दक्षिणकाली नगरपालिकामा आगामी माघ ३ गतेदेखि ‘दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२’ वडास्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। शहीद मानबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा तथा दक्षिणकाली नगरपालिकाको सहकार्यमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।

फर्पिङस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयको खेल मैदान (TAMV Ground) मा ९–ए–साइड फर्म्याटमा आयोजना हुने प्रतियोगितामा नगरपालिकाका सबै ९ वडाका टोलीहरूको सहभागिता रहने प्रतिष्ठानका महासचिव सुमन तामाङले जानकारी दिनुभयो।

प्रतियोगिताको उपाधि जित्ने टोलीले नगद १ लाख ५१ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी र मेडल हात पार्नेछ। साथै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न विधाका खेलाडीहरूलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

सार्वजनिक खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेल माघ ३ गते दिउँसो १२:१५ बजे वडा नम्बर ८ र वडा नम्बर १ बीच हुनेछ। सोही दिन दोस्रो खेलमा वडा नम्बर ६ र वडा नम्बर २ आमनेसामने हुनेछन्।

अन्य खेलहरूमा माघ ४ गते वडा नम्बर ४ र वडा नम्बर ५ तथा वडा नम्बर ७ र वडा नम्बर ३ बीच प्रतिस्पर्धा हुनेछ। माघ ५ गते वडा नम्बर ६ र वडा नम्बर ८ तथा वडा नम्बर २ र वडा नम्बर ९ भिड्नेछन्। माघ ६ देखि ११ गतेसम्म लिग र नकआउट चरणका खेलहरू सञ्चालन गरिनेछन्।

स्थानीय तहमा खेलकुदको विकास र शहीदप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले आयोजना हुन लागेको यस प्रतियोगितालाई दक्षिणकाली क्षेत्रको एक महत्वपूर्ण फुटबल इभेन्टका रूपमा लिइएको छ। आयोजकले सम्पूर्ण खेलप्रेमीहरूलाई मैदानमा उपस्थित भई खेलको उत्साह बढाउन आग्रह गरेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत