सिरहा। सिरहाको दक्षिणवर्ती सिमा नाका बरियारपट्टीबाट करीब २५ लाख मुल्य बराबरको अबैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल, बरियारपट्टी सिरहाबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याइँदै गरेको करिब २५ लाख रुपैयाँ बराबरको सामान विभिन्न समयमा बरामद गरेको हो।
सशस्त्र प्रहरी बल बरियारपट्टी सिरहाका इन्स्पेक्टर पशुपति खनालका अनुसार बरामद सामानमा लत्ताकपडा, चिनी, चकलेट, बिस्कुटलगायतका उपभोग्य वस्तुहरू रहेका छन्।
ती सामानहरू भारतबाट चोरी पैठारी गर्ने क्रममा विभिन्न समयमा फेला पारिएको उनले बताए।
यसैगरी, बिहीबार सशस्त्र प्रहरीले प्रतिबन्धित करिब १०० केजी माछा र स्थानीय रूपमा उत्पादन गरिएको २० लिटर घरेलु मदिरा नष्ट गरेको छ।
स्वास्थ्य तथा कानुनविपरीत भएकाले ती सामग्री नष्ट गरिएको इन्स्पेक्टर खनालले जानकारी दिए।
बरामद तथा नष्ट गरिएका सामग्रीहरू सम्बन्धित निकायको उपस्थितिमा कानुनी प्रक्रिया पूरा गरी कारबाही गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमा क्षेत्रमा अवैध ओसारपसार तथा गैरकानुनी गतिविधि नियन्त्रणका लागि गस्ती थप कडा बनाइएको बताइएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ