बुधबार, फाल्गुन ६, २०८२

आज काठमाडौँ महानगर छाड्दै बालेन


Jebin Rimal


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज पहिलोपटक पार्टी कार्यालय च:मति जाँदै छन् । उनको सचिवालयका अनुसार उनी दिउँसो १ बजे घण्टीघर पुग्ने छन् ।

१३ पुसमा रास्वपा प्रवेश गरेका शाह यसअघि ललितपुरको ज्वागलबाटै पार्टी गतिविधिमा सक्रिय थिए । २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगर प्रमुखमा विजयी बनेका शाहले आजै राजीनामा दिने तयारी गरेको उनीनिकट स्रोतले जानकारी दिएको छ ।

पार्टी कार्यालयमा पहिलोपटक आउने भएपछि उनका लागि स्वागत गर्न कार्यालयमा विशेष तयारी गरिएको छ । शाहका लागि च:मतिस्थित पार्टी कार्यालयमा छुट्टै विशेष कार्यकक्ष तयार परिएको छ । शनिबार राति अबेरसम्म उक्त कार्यकक्ष तयार पारिएको थियो ।

जनकपुरमा सोमबार रास्वपाले विशेषसभाको आयोजना गरेको छ । बालेनसमेत सहभागी हुने उक्त सभालाई रास्वपाले मधेश केन्द्रित विशेष अभियान ठानेर चुनावी महाअभियानमा होमिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत