दक्षिणकालीमा २०८२ साल माघ ३ गतेदेखि सञ्चालन हुँदै आएको ‘दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२’ फुटबल प्रतियोगिताको फाइनलमा दक्षिणकाली नगरपालिका वडा नं. ५ र दक्षिणकाली नगरपालिका वडा नं. ९ प्रवेश गरेका छन्। सेमिफाइनल चरणका प्रतिस्पर्धात्मक खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै दुवै टोलीले फाइनलको यात्रा तय गरेका हुन्।
प्रतियोगिताको फाइनल खेल माघ १७ गते शनिबार हुने शहीद मानबहादुर स्मृति प्रतिष्ठानका अध्यक्ष संजय लामाले जानकारी दिए। उनका अनुसार फाइनल खेललाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको छ।
स्थानीय युवालाई खेलकुदतर्फ प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले दक्षिणकाली क्षेत्रमा खेलकुदको माहोल थप उत्साहित बनाएको छ। दर्शकहरूको उल्लेखनीय उपस्थितिसँगै प्रतियोगिता सफल बन्दै गएको आयोजकको भनाइ छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ