शहीद मानबहादुर स्मृति प्रतिष्ठानद्वारा आयोजना गरिएको दक्षिणकाली नगरपालिका वडा स्तरीय 9A Side शहीद मानबहादुर स्मृति कप २०८२ को उपाधि दक्षिणकाली नगरपालिका वडा नं. ९ ले जितेको छ। प्रतियोगिताको फाइनल खेलमा वडा नं. ९ ले उत्कृष्ट प्रदर्शन गर्दै वडा नं. ५ लाई पराजित गर्दै विजेता बन्न सफल भएको हो।
उपविजेताको रूपमा वडा नं. ५ ले स्थान बनाएको छ। प्रतियोगितामा सहभागी दुवै टिमका सम्पूर्ण खेलाडी तथा टिमलाई आयोजकले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन।
साथै प्रतियोगितामा सहभागी सबै वडाप्रति धन्यवाद ज्ञापन गर्दै प्रतिष्ठानले प्रतियोगिता सफल र सभ्य रूपमा सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण आयोजक समिति, व्यवस्थापक टोली, खेलाडी, प्रशिक्षक, रेफ्री, स्वयंसेवक, प्रायोजक, सुरक्षा निकाय, सञ्चारकर्मी तथा उपस्थित दर्शक महानुभावहरूप्रति आभार प्रकट गरेको छ।
प्रतिष्ठानका अध्यक्ष संजय लामाकाले सबैको साथ, सहयोग, अनुशासन र सकारात्मक खेल भावनाका कारण प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताए।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ