बुधबार, फाल्गुन ६, २०८२

शिक्षक सुनिल धामीको पहलमा विद्यार्थीहरूलाई जुत्ता वितरण


गणेश विक


काठमाडौं । ​कास्कीको धम्पुसस्थित श्री पृथ्वी नारायण माध्यमिक विद्यालयका ६४ जना विद्यार्थीहरूलाई आज नयाँ जुत्ता वितरण गरिएको छ।

यो सहयोग विगतमा बालअधिकारको क्षेत्रमा सँगै काम गरेका शिक्षक सुनिल धामी र उनका जर्मन सहकर्मी (Fellow) ड्यानियल सार्बाकर (Daniel Sarbacher) बीचको प्रगाढ मानवीय सम्बन्धका कारण सम्भव भएको हो।

​कुनै एनजीओ (NGO) वा संस्थागत प्रचारबाजीभन्दा माथि उठेर, ड्यानियल, उनकी श्रीमती लेला (Lella) र साथी हेइको स्ट्रान्स्की (Heiko Stransky) ले नितान्त व्यक्तिगत तर्फबाट यो निस्वार्थ सहयोग उपलब्ध गराउनुभएको हो।

शिक्षक धामीको विशेष समन्वय र ड्यानियलको टोलीको बालबालिकाप्रतिको यो उच्च सम्मानले विद्यार्थीहरूको शैक्षिक यात्रामा थप उत्साह थपेको छ।

​कुनै तडकभड़क बिना, विशुद्ध बालबालिकाको हित र उनीहरूको आधारभूत आवश्यकतालाई ध्यानमा राखी गरिएको यो पवित्र मानवीय कार्यको लागि पहलकर्ता शिक्षक सुनिल धामी र जर्मनीबाट सहयोग गर्ने ड्यानियल, लेला र हेइकोप्रति विद्यालय परिवार हार्दिक आभार प्रकट गर्दछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत