बुधबार, फाल्गुन ६, २०८२

पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई कदरपत्र प्रदान


कान्तिपथ


काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई नेपाल सरकारले कदरपत्र प्रदान गरेको छ। गत कात्तिक २६ गते सेवा निवृत्त भएका खापुङलाई अवकाश भएको करिब साढे तीन महिनापछि उक्त सम्मान प्रदान गरिएको हो।

सरकारद्वारा प्रदान गरिएको कदरपत्रमा खापुङले २०५२ साल कात्तिक २७ गते प्रहरी निरीक्षक पदबाट सेवा प्रारम्भ गरी २०८२ साल भदौ १९ गते प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएको उल्लेख छ। २०८२ साल कात्तिक २६ गते सेवा निवृत्त भएका उनलाई राष्ट्रिय सुरक्षाको क्षेत्रमा पुर्‍याएको योगदानको उच्च कदरस्वरूप सम्मान गरिएको जनाइएको छ।

नेपाल प्रहरीमा तीन दशकभन्दा बढी समय सेवा गरेका खापुङले विभिन्न जिम्मेवारी सम्हाल्दै संगठनको नेतृत्व गरेका थिए। सरकारले उनको योगदानको प्रशंसा गर्दै औपचारिक रूपमा कदरपत्र प्रदान गरेको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत