काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) आधारभूत तालिम १–१८३ औँ समूहको दीक्षान्त समारोहमा इन्स्पेक्टर नविनकुमार शाही अध्ययनतर्फ प्रथम भएका छन्।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सोमबार आयोजित दीक्षान्त समारोहमा उत्कृष्ट शैक्षिक प्रदर्शन गरेका इन्स्पेक्टर शाहीलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्मान तथा पुरस्कार प्रदान गरेकी हुन्। सो अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धिविक्रम शाहसहित उच्च प्रहरी अधिकारीहरूको उपस्थिति रहेको थियो।
दीक्षान्त समारोहमा प्रधानमन्त्री कार्कीले प्रशिक्षार्थी निरीक्षकहरूलाई अनुशासन, इमान्दारिता र पेशागत निष्ठाका साथ जनताको सेवा गर्न निर्देशन दिँदै नेपाल प्रहरीलाई थप सक्षम र विश्वसनीय बनाउन नयाँ पुस्ताका अधिकृतहरूको भूमिका महत्वपूर्ण हुने बताइन्।
उक्त तालिम सफलतापूर्वक सम्पन्न गर्दै इन्स्पेक्टर शाहीले अध्ययनतर्फ प्रथम स्थान हासिल गर्नु नेपाल प्रहरीमा उनको उज्ज्वल भविष्यको संकेतका रूपमा लिइएको छ।


देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ