बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • राजनीतिक उपलब्धिको रक्षा र प्रतिगमनविरुद्ध पार्टी अग्रपंक्तिमा: नारायणकाजी श्रेष्ठ

राजनीतिक उपलब्धिको रक्षा र प्रतिगमनविरुद्ध पार्टी अग्रपंक्तिमा: नारायणकाजी श्रेष्ठ


कान्तिपथ


सर्लाही । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भएका राजनीतिक परिवर्तनको संरक्षण र प्रतिगमनको प्रयासविरुद्ध आफ्नो पार्टी नै अग्रणी शक्ति भएको बताएका छन्।

सर्लाहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले संविधान, लोकतन्त्र र गणतन्त्रको संस्थागत संरक्षणमा पार्टीले ऐतिहासिक भूमिका खेलेको उल्लेख गरे। वर्तमान उपलब्धिलाई कमजोर बनाउने र परिवर्तनलाई उल्ट्याउने प्रयास भइरहेको आरोप लगाउँदै उनले त्यसविरुद्ध सशक्त रूपमा उभिनुपर्ने आवश्यकता औँल्याए।

श्रेष्ठले राजनीतिक परिवर्तनपछि सामाजिक–आर्थिक रूपान्तरण, सुशासन प्रवर्द्धन र सामाजिक न्यायको पक्षमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेको दाबी गरे। देशलाई समृद्धिको दिशामा अघि बढाउन निरन्तर प्रतिबद्ध रहने उनले स्पष्ट पारे।

युवापुस्ताले उठाएका मुद्दा, विशेषगरी ‘जेनजी’ पुस्ताको आवाजप्रति पार्टी सकारात्मक रहेको उल्लेख गर्दै उनले युवामाथि हुने कुनै पनि दमन अस्वीकार्य हुने बताए। युवाको अपेक्षा अनुसार पार्टीले आत्मसुधारको प्रक्रिया अघि बढाउने पनि उनले जनाए।

उनका अनुसार अबको प्रमुख एजेन्डा भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, दलहरूको रूपान्तरण, राजनीतिक स्थिरता र तीव्र विकास हो। सही सूचना जनतासम्म पुगेमा संविधान र लोकतन्त्रको रक्षाका लागि जनताले आफ्नो पार्टीलाई थप सशक्त बनाउने विश्वास उनले व्यक्त गरे।

विकास र समृद्धिको अभियानमा जनताको साथ र सहभागिता अनिवार्य रहेको उल्लेख गर्दै श्रेष्ठले परिवर्तनको पक्षमा एकजुट हुन आह्वान गरे।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत