शनिबार, चैत्र २१, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • धनुषा–१ विवाद: किशोरी साहको रिटमा सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलायो

धनुषा–१ विवाद: किशोरी साहको रिटमा सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलायो


कान्तिपथ


काठमाडौं । धनुषा क्षेत्र नम्बर–१ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालत ले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइराला का अनुसार रिट निवेदक साह र निर्वाचन आयोग दुवै पक्षलाई आगामी शुक्रबार छलफलका लागि उपस्थित हुन आदेश दिइएको छ।

साहले आफ्नो उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध अदालतमा रिट दायर गरेका थिए। प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौला को इजलासले अन्तरिम आदेश भने जारी नगरेको बताइएको छ।

यसअघि निर्वाचन आयोगले धनुषा–१ मा मतगणना जारी राख्न तर अन्तिम परिणाम सार्वजनिक नगर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो। सो निर्देशनपछि मतगणना सम्पन्न भए पनि आधिकारिक नतिजा भने सार्वजनिक गरिएको छैन।

मतगणनास्थलबाट प्राप्त जानकारीअनुसार साहले २० हजारभन्दा बढी मत प्राप्त गरेका छन्। तर निर्वाचन अधिकृतको कार्यालयले उनको मतपरिणाम औपचारिक रूपमा सार्वजनिक गरेको छैन।

यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी का उम्मेदवार मातृकाप्रसाद यादव ले १० हजार ४०३ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेको जनाइएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत