काठमाडौं । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल लाई भारतको नयाँ दिल्लीमा आयोजना हुने प्रतिष्ठित NXT Summit 2026 मा सम्मानित वक्ताका रूपमा आमन्त्रण गरिएको छ।
मार्च १२ देखि १४ सम्म सञ्चालन हुने उक्त सम्मेलनमा नरेन्द्र मोदी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने स्कट मोरिसन विशेष अतिथिका रूपमा रहने कार्यक्रम रहेको छ।
सम्मेलनमा विभिन्न देशका सांसद, नीति–निर्माता, अन्तर्राष्ट्रिय विज्ञ तथा विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूका प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रममा Harvard University, Massachusetts Institute of Technology, University of Oxford र Stanford University लगायतका विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरू पनि सहभागी हुनेछन्।
उक्त कार्यक्रममा दाहालले समसामयिक नीति, नेतृत्व र विकाससँग सम्बन्धित विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ