बौद्धबाट लागुऔषध र गोलीसहित दुई युवक पक्राउ
काठमाडौंको बौद्ध क्षेत्रबाट लागुऔषध र गोलीसहित दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा झापाका २४ वर्षीय सुनिल शान्थल र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ का २९ वर्षीय सुदीप बन्जारा रहेका छन्।
प्रहरीको बौद्ध टोलीले शान्थललाई २.२९ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा उनले उक्त लागुऔषध बन्जाराबाट खरिद गरेको बताएका थिए। त्यसपछि प्रहरीले बन्जारालाई समेत पक्राउ गरेको हो।
बन्जाराको कोठामा गरिएको खानतलासीका क्रममा १०.५१ ग्राम खैरो हेरोइन, डिजिटल तराजु र एक राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिएका छन्।

