भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका विभिन्न अधिकारीमाथि विभागीय कारबाही गर्न सिफारिस गरेको छ।
आयोगले राजनीतिक तथा उच्च तहका व्यक्तिलाई समेत फौजदारी कसुरमा कारबाही गर्न सुझाव दिएको छ। नेपाल प्रहरीतर्फ एआईजी सिद्धिविक्रम शाह, डीआईजी ओमबहादुर राना, काठमाडौंका तत्कालीन प्रमुख विश्व अधिकारी (हाल डीआईजी), उपत्यकाका तत्कालीन एसएसपी दीपशमशेर जबरा तथा एसपी ऋषिराम कँडेललाई कारबाही गर्न सिफारिस गरिएको छ।
त्यसैगरी, सशस्त्र प्रहरीतर्फ एआईजी नारायणदत्त पौडेल, डीआईजी सुरेशकुमार श्रेष्ठ र एसपी जीवन केसीलाई पनि कारबाही गर्नुपर्ने आयोगको निष्कर्ष छ। पौडेल तत्कालीन अपरेशन कमाण्डर, श्रेष्ठ काठमाडौं बाहिनीपति तथा केसी सिनामंगलस्थित विपद् उद्धार कार्यमा कार्यरत थिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ