मङ्लबार, चैत्र १७, २०८२
  • गृहपृष्‍ठ
  • शिक्षा
  • सिरहाका शिक्षासेवी साह ३ दिनदेखि बेपत्ता: प्रहरीले पत्ता लगाउन सकेन लोकेसन

सिरहाका शिक्षासेवी साह ३ दिनदेखि बेपत्ता: प्रहरीले पत्ता लगाउन सकेन लोकेसन


कान्तिपथ


जेम्स बोर्डिङ्ग स्कूल, गोलबजारका फाउण्डर प्रिन्सिपल तथा नेहा मनी ट्रान्सफरका सञ्चालक राम नारायण साह २०८२ साल चैत १० गते बिहान करिब ११ बजेदेखि सम्पर्कविहीन भएका छन्।
प्रहरीका अनुसार साह हराएको सम्बन्धमा जानकारी प्राप्त भएसँगै खोजी कार्य तीव्र पारिएको छ। सम्भावित स्थानहरूमा अनुसन्धान जारी रहेको र स्थानीय तह तथा सर्वसाधारणसँग पनि सहयोगको अपिल गरिएको छ।
परिवारका सदस्यहरूका अनुसार उनी कुनै जानकारी नदिई अचानक सम्पर्कबाहिर गएपछि घरपरिवारमा चिन्ता छाएको छ। उनकी छोरी नेहा शाहले परिवार अत्यन्तै चिन्तित रहेको बताउँदै, कसैले कुनै जानकारी पाएमा तत्काल नजिकको प्रहरी कार्यालय वा परिवारलाई जानकारी गराइदिन आग्रह गरेकी छन्। नेहाका अनुसार उनका बुबाको ह्वाट्सएपबाट भ्वाइस म्यासेज आएको छ तर प्रहरीले हालसम्म लोकेसन पत्ता लगाउन सकेको छैन ।

राम नारायण साह शिक्षा तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। उनले जेम्स बोर्डिङ्ग स्कूलमार्फत स्थानीय स्तरमा शिक्षाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान दिएका थिए। साथै, आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई सहयोग तथा विभिन्न सामाजिक कार्यमा उनको सक्रिय सहभागिता रहँदै आएको थियो।
उनको सम्पर्कविहीनताले स्थानीय समुदायमा समेत चिन्ता र कौतुहलता बढाएको छ। प्रहरीले छिट्टै उनको अवस्था सार्वजनिक हुने विश्वास व्यक्त गरेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत