पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई गरिएको पक्राउलाई प्रतिशोधपूर्ण भन्दै आपत्ति जनाएका छन्। जेनजी आन्दोलनका क्रममा भएको ज्यानहानीको आरोपमा प्रहरीले शनिबार बिहान उनलाई पक्राउ गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
पक्राउ पुर्जी लिएर प्रहरी पुगेपछि ओलीले वकिलहरूसँग छलफल गर्दै यसलाई राजनीतिक प्रतिशोधको कदम भएको बताएका थिए। उनले ‘यो पक्राउ प्रतिशोधपूर्ण हो, यसको कानुनी रूपमा प्रतिवाद गर्छु, तयारी गर्नुहोस्’ भन्दै आफ्ना कानुन व्यवसायीलाई निर्देशन दिएका थिए।
यस विषयमा उनले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँग परामर्श गरेका थिए। उक्त छलफलमा सहभागी वरिष्ठ अधिवक्ता भट्टराईले पनि पक्राउको कानुनी आधार नभएको दाबी गर्दै यसलाई प्रारम्भिक दृष्टिमै गलत रहेको टिप्पणी गरेका छन्।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ