नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा ललितपुरको च्यासल क्षेत्रमा एमाले कार्यकर्ताहरूले टायर बालेर प्रदर्शन गरेका छन्।
प्रदर्शनका क्रममा प्रहरी र कार्यकर्ताबीच झडपसमेत भएको छ। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको बताइएको छ।
दर्जनौँको संख्यामा सडकमा उत्रिएका कार्यकर्ताहरूले ओलीको निशर्त रिहाइको माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले प्रदर्शनलाई नियन्त्रणमा ल्याउन र सामान्य अवस्थामा फर्काउन प्रयास भइरहेको जानकारी दिएका छन्।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ