काठमाडौँ/काभ्रे — काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२, का एक मिर्गौला रोगीको उपचारका लागि आर्थिक सहयोग अभियान सञ्चालन गरिएको छ। स्थानीय बासिन्दा लालबहादुर खत्रीका छोरा शिशिर खत्री विगत केही वर्षदेखि मेरुदण्ड सम्बन्धी समस्याबाट पीडित रही हाल अस्पतालमा उपचाररत रहेको जनाइएको छ।
परिवारको आर्थिक अवस्था कमजोर भएका कारण आवश्यक उपचार र शल्यक्रियामा कठिनाइ भइरहेको भन्दै सहयोगका लागि अपिल गरिएको हो। यस अभियान अन्तर्गत सहयोग जुटाउन बैंक खातासमेत सार्वजनिक गरिएको छ, जहाँ इच्छुक व्यक्तिहरूले आर्थिक सहयोग गर्न सक्नेछन्।
यसैबीच, पनौती नगरपालिका वडा नम्बर १२ कार्यालयले समेत सिफारिस पत्र जारी गर्दै बिरामीको उपचारका लागि सहयोग गर्न सम्बन्धित निकाय र सर्वसाधारणसँग अनुरोध गरेको छ। वडाले बिरामीको स्वास्थ्य अवस्था गम्भीर रहेको र छिटो उपचार आवश्यक भएको उल्लेख गरेको छ।
स्थानीय तह, समाजसेवी र सर्वसाधारणबाट सहयोग जुट्ने अपेक्षा गरिएको अभियानले पीडित परिवारलाई राहत पुग्ने विश्वास लिइएको छ।


देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ