सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायममुकायम प्रधानन्यायाधीशका रूपमा नेपालको न्यायपालिकाको नेतृत्व सम्हालेकी छन् ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाशमा गएपछि वरिष्ठताका आधारमा मल्ल स्वतः सर्वोच्च अदालतको नेतृत्वमा पुगेकी हुन्।
उनी अब नेपालको दोस्रो महिला प्रधानन्यायाधीश बन्ने बाटोमा अघि बढेकी छन्। यसअघि सुशीला कार्कीले पहिलो महिला प्रधानन्यायाधीशका रूपमा इतिहास रचेकी थिइन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ