बुधबार, चैत्र २५, २०८२

सभामुखमा उम्मेदवारी नदिने नेकपाको निर्णय, रास्वपालाई समर्थन


कान्तिपथ


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डीपी अर्याललाई समर्थन गर्ने जनाएको छ।

नेकपाका प्रमुख सचेतक युवराज दुलालका अनुसार संसद्मा दुई तिहाइ बहुमत रहेको रास्वपाले सभामुखमा उम्मेदवारी दिनु स्वाभाविक भएकाले आफ्नो पार्टीले समर्थन गर्ने निर्णय गरेको हो।

यसअघि नै रास्वपाका उपसभापति डीपी अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराइसकेका छन्। यद्यपि, नेकपाले उपसभामुख पदमा भने दाबी गर्ने संकेत दिएको छ र सहमति भए उम्मेदवारी दिने बताइएको छ।

उता, नेपाली कांग्रेसले पनि सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलले सत्तापक्षसँग पर्याप्त बहुमत रहेको र सभामुख साझा पद भएकाले उम्मेदवारी नदिने स्पष्ट पारे।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत