काठमाडौं । नेपाली कांग्रेस ले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउँदै निर्वाचन समिति गठन गरेको छ।
पार्टी सभापति गगन थापा द्वारा गठित समितिमा सहमहामन्त्री प्रकाश रसाइली, मुना भुसाल र राजु कटुवाल सदस्य रहेका छन्।
महामन्त्री प्रदीप पौडेल का अनुसार संसदीय दलको नेता चयनका लागि आगामी २४ चैतमा निर्वाचन गर्ने तयारी गरिएको छ। यद्यपि, सम्भव भएसम्म सर्वसम्मत रूपमा नेता चयन गर्न नेताहरूबीच छलफल जारी रहेको पनि उनले बताएका छन्।
संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे लगायतका समानुपातिकतर्फबाट निर्वाचित सांसदहरू आकांक्षी छन्।
यसैगरी प्रत्यक्ष निर्वाचित सांसदहरू मोहन आचार्य, निश्कल राई, जनकराज गिरी, भरतबहादुर खड्का, नरेन्द्रकुमार केरूङ र बासना थापा ले पनि नेतृत्वका लागि दाबी प्रस्तुत गरिरहेका छन्।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ