आइतवार, चैत्र २२, २०८२

भक्तपुरमा तीन जुवा खालमा छापा, १९ जना पक्राउ


कान्तिपथ


भक्तपुर — प्रहरीले भक्तपुरका विभिन्न स्थानमा सञ्चालित तीन वटा जुवा खालमा छापा मार्दै १९ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्य खड्काका अनुसार शनिबार साँझ गरिएको अपरेसनमा चाँगुनारायण नगरपालिका–८ सुडालस्थित दीपक प्रसाद तिमल्सिनाको घरबाट ७ जनालाई नियन्त्रणमा लिइएको हो। सो स्थानबाट २७ हजार रुपैयाँ नगद समेत बरामद गरिएको छ।

त्यस्तै, सुडालकै चापाकोट क्षेत्रमा सञ्चालित अर्को जुवा खालबाट २३ हजार रुपैयाँसहित ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, भक्तपुर नगरपालिका–१० पाइपलाइन क्षेत्रमा सञ्चालित जुवा खालबाट २० हजार रुपैयाँसहित ५ जनालाई नियन्त्रणमा लिइएको छ।

प्रहरीले जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत