आइतवार, बैशाख ६, २०८३

काठमाडौंमा प्रहरीको रातभर सर्च अपरेसन, १९५ जना नियन्त्रणमा


कान्तिपथ


काठमाडौं — राजधानीमा प्रहरीले रातभर विशेष सर्च अपरेसन सञ्चालन गर्दै १९५ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार गुण्डागर्दी, ठगी तथा बिचौलियाको गतिविधिमा संलग्न व्यक्तिहरूलाई लक्षित गर्दै यो अपरेसन चलाइएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, बूढानीलकण्ठ लगायतका विभिन्न क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। एसएसपी थापाले विशेषगरी मानिस तस्करीजस्तो गतिविधि, गुण्डागर्दी र बिचौलियामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको बताए।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत