शुक्रबार, चैत्र २७, २०८२

‘राजनीतिमा आश्वासन र धोका पनि जायज रहेछ’ : सांसद शाही


कान्तिपथ


काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले राजनीतिमा आश्वासन र धोका पनि सामान्य हुने अनुभव आफूले हालै बुझेको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा उपसभामुखका उम्मेदवार सरस्वती लामाको समर्थन गर्दै बोल्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन्। रास्वपाबाट पाएको आश्वासन कार्यान्वयन नभएपछि आफूले यस्तो अनुभूति गरेको शाहीको भनाइ थियो।

‘युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ भन्ने सुनेको थिएँ, तर अहिले राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछन् भन्ने बुझ्ने मौका पाएँ,’ उनले भने।

शाहीका अनुसार रास्वपा सभापति रवि लामिछानेको आश्वासनपछि नै सरस्वती लामाले उपसभामुख पदमा उम्मेदवारी दिएकी थिइन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत