आइतवार, चैत्र २९, २०८२

अपमानजनक सामग्री प्रसारण आरोपमा युट्युबर पक्राउ


कान्तिपथ


प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ लगायतका नेताहरूमाथि गालीगलौज तथा अपमानजनक सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक युट्युबरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ निवासी रोशन पोखरेल रहेका छन्।

जिल्ला प्रहरी पाँचथरको टोलीले उनलाई नियन्त्रणमा लिएर अदालतबाट १० दिनको म्याद प्राप्त गरी अनुसन्धान सुरु गरेको डीएसपी अनिश कर्णले जानकारी दिएका छन्। प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा उनी पक्राउ परेका हुन्।

‘Hades’ नामक युट्युब च्यानलमार्फत प्रसारित सामग्रीका आधारमा उनलाई शुक्रबार पक्राउ गरिएको हो। हाल उनीविरुद्ध साइबर अपराध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत