आइतवार, बैशाख ६, २०८३

डेरावालको विवरण राख्न घरधनीलाई प्रहरीको अनुरोध


कान्तिपथ


जिल्ला प्रहरी परिसर काठमाडौं ले घरधनीहरूलाई भाडामा बस्ने व्यक्तिहरूको विवरण सुरक्षित रूपमा राख्न अनुरोध गरेको छ। प्रहरीले यस्तो कदमले अपराध नियन्त्रण र घटनामा संलग्न व्यक्तिको पहिचान सहज हुने जनाएको छ।

परिसरका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराई का अनुसार लामो समयदेखि डेरामा बस्ने व्यक्तिबारे घरधनीलाई आधारभूत जानकारी नै नहुने अवस्था देखिएकाले यस्तो अनुरोध गरिएको हो। उनले यो व्यवस्था अनिवार्य नभई सुरक्षा दृष्टिकोणले उपयोगी हुने बताए।

प्रहरीका अनुसार घरधनीले आवश्यक ठानेमा भाडामा बस्न आउने व्यक्तिबाट पुलिस क्लियरेन्स रिपोर्टसमेत माग्न सक्छन्, जसबाट उनीहरूको पृष्ठभूमि बुझ्न सहज हुन्छ। यसले निर्दोष व्यक्तिहरू अनावश्यक रूपमा प्रहरी सोधपुछमा पर्नुपर्ने अवस्थासमेत कम हुने अपेक्षा गरिएको छ।

घरवाला र डेरावाला विच आपसी चिनजान आवश्यक भएको साथै डेरावालाको विवरण घरवालासग अनिवार्य हुनुपर्ने काठमाडौं परिसरका एसएसपी रमेश थापाले बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत