शेखर गोल्छालाई धरौटी वा जमानतमा रिहा गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छा लाई धरौटी वा जमानतमा रिहा गर्न आदेश दिएको छ।
उनकी पत्नी सीमा गोल्छा ले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो। न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेल को इजलासले धरौटी वा जमानतमा छाड्न मिल्ने अवस्था हुँदाहुँदै अनुसन्धान अधिकारीले थुनामा राख्न अनुमति लिएको प्रक्रिया नै खारेज गरेको ठहर गरेको छ।
अदालतले धरौटी वा जमानत सम्भव नभए मात्र थुनामा राख्न मिल्ने स्पष्ट पार्दै अनुसन्धान प्रक्रियामा भएको त्रुटि औंल्याएको छ।
