सोमवार, जेष्ठ ११, २०८३

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ आजबाट सुरु हुँदै


कान्तिपथ


संवैधानिक परिषद्‍बाट प्रधानन्यायाधीशमा सिफारिस भएका मनोज कुमार शर्मामाथिको संसदीय सुनुवाइ आजबाट सुरु हुँदैछ। सर्वोच्चमा चौथो वरियतामा रहेका शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएपछि कानुन कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, नेपाल बार एशोसियसनसहितले विरोध गरिरहेका छन्।

त्यसका लागि मंगलबार बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ। विधायन व्यवस्थापन समितिको सभाकक्षमा बस्ने बैठकमा शर्मामाथि सुनुवाई हुन लागेको हो।

शर्माविरुद्ध समितिमा सातवटा उजुरी परेका छन्। समितिकी उपसचिव सावित्रा शर्माका अनुसार ती उजुरी पनि आजको बैठकमा खोल्ने तयारी छ। समितिले गएको वैशाख २५ गते शर्माविरुद्ध १० दिनको म्याद राखेर उजुरी आह्वान गरेको थियो। समितिले शर्माविरुद्ध सोमबार सम्म उजुरी दिन सकिने जनाएको थियो।

शर्माविरुद्ध परेका उजुरी अध्ययनका लागि सबै सदस्यहरूलाई वितरण गर्ने तयारी समितिले गरेको छ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेका शर्मालाई संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था छ।

गएको वैशाख २४ गते सबेका संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत