राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्। आचार्य ६३८ मतका साथ निर्वाचित भएका हुन्। उनका प्रत्यासीहरू झाले ३२४, गणेश कार्कीले १६४ र सागर ढकालले १२८ मत ल्याए।
आचार्यलाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता घोषणा गरेकी रञ्जु दर्शनालाई पनि ३४ मत खसेको छ।