बुधबार, चैत्र २५, २०८२

नयाँ वर्ष २०७९ को हार्दिक शुभकामना


कान्तिपथ


नयाँ बर्ष २०७९ सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा नयाँ उत्साह र उमंगसहित सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ।

नयाँ वर्षको आगमनसँगै मुलुक शान्ति, स्थिरता, सुशासनका साथै समृद्ध राष्ट्र बनाउने लक्ष्य हासिल गर्ने नयाँ सोच, शैली र स्पष्ट गन्तव्यसहित अगाडि बढिरहेको हुँदा हामी सबैका लागि यो वर्ष सुखद र उपलब्धिमूलक बन्न सकोस भन्ने कामना गर्दछौ।

विक्रम संवत्को नयाँ वर्ष २०७९ सुरु भएको छ। आज वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । एकआपसमा शुभकामना आदानप्रदान गरी नेपालमा आज हर्षोल्लासपूर्वक नयाँ वर्ष मनाइँदै छ। विश्वर छरिएर रहेका नेपालीले पनि आज एकापसमा शुभकामना आदानप्रदान गरी नेपाली नयाँ वर्ष मनाउँदैछन्। नयाँ वर्षको अवसरमा सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको छ।

धेरैले आजको दिनलाई विगतमा आफूले गरेका कामको समीक्षा गरेर नयाँ संकल्पसहित कामको थालनी गर्ने गर्ने दिनको रुपमा पनि उपयोग गर्छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत