बुधबार, चैत्र २५, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • भरतपुरको मेयर माओवादीलाई: उपमेयरमा कांग्रेसका नगर सभापति लड्ने

भरतपुरको मेयर माओवादीलाई: उपमेयरमा कांग्रेसका नगर सभापति लड्ने


कान्तिपथ


प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर चितवनस्थित भरतपुर महानगरपालिकाको मेयरको टिकट नेकपा माओवादी केन्द्रलाई दिनुपर्ने बताएका छन्।

शनिबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा नेताहरुले भरतपुरको मेयर अरुलाई दिन नहुने मत राखेपछि जवाफ दिँदै देउवाले यस्तो बताएका हुन्।

कांग्रेसले यसअघि स्थानीय कमिटीले त्यहाँको आवश्यकताका आधारमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो।

देउवाले कांग्रेसको भरतपुर महानगर सभापति चित्रसेन अधिकारी उपमेयरमा लड्न तयार भइसकेको भन्दै मेयरको टिकट केन्द्रको सहमति अनुसार माओवादीलाई दिन लागिएको संकेत गरेका हुन्।

कांग्रेसको भरतपुर महानगर कार्यसमिति सभापति अधिकारी संस्थापन इतर समूहका हुन्। अधिकारी अहिले भरतपुर महानगर वडा नम्बर २१ को वडाध्यक्षको भूमिकामा पनि छन्।

शुक्रबार चितवन आएका कांग्रेस नेता प्रकाशमान सिंहले गठबन्धन जोगाउन भरतपुर महानगर प्रमुख माओवादीलाई छाड्ने गरी तालमेल हुने बताएका थिए। त्यही भनाइलाई लिएर चितवन कांग्रेस तरंगित भएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत