बुधबार, फाल्गुन ६, २०८२

‘भन को थियो ?’ म्युजिक भिडियो सार्वजनिक


कान्तिपथ


गायक केशव भावुकको सुमधुर स्वरमा सजिएको गजल गीत ‘भन को थियो ?’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द न्युजिल्याण्ड निवासी गीतकार नमिता दवाडीको रहेको छ । हरि लम्सालले सङ्गीतवद्ध गरेको यस गीतलाई उदयराज पौडेलले सङ्गीत संयोजन गर्नुभएको हो ।

दीपक गिरीले छायाङ्कन गर्नुभएको यस भिडियोलाई विकास दाहालले सम्पादन गर्नुभएको हो । म्युजिक भिडियोमा जीबी चिरन र अस्मिता जुरेलीले अभिनय गर्नुभएको छ । सशान कंडेलको निर्देशनमा भिडियो तयार पारिएको हो ।

‘दैलो खोलिदियौ आधा रातमा आउने भन को थियो ?, को थियो ?’, ‘वाचा बन्धन यता थियो सँगै बाँच्ने, सँगै मर्ने’, ‘म चितामा जलिरहेँ सोधिरह्यो आगोले निर्माेही सोधीरह्यो आगोले’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

गीतकार दवाडीको युट्युव च्यानल ‘नमिता दवाडी’मार्फत् भिडियो सार्वजनिक भएको हो । यसअघि गीतकार दवाडीको शब्दमा समावेश ‘म मजदूर मायाको’ बोलको म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । निर्माण समूहले नयाँ म्युजिक भिडियोलाई हेरेर एवं सुनेर प्रतिक्रिया दिन सबै दर्शक, स्रोतालाई आग्रह गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत