बुधबार, चैत्र २५, २०८२

गठबन्धनले नजिते मुलुक अस्थीरता तर्फ धकेलीन्छ– कृष्णबहादुर महरा


कान्तिपथ


नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले माओवादी र कांग्रेस सधैं राष्ट्रवादको पक्षमा भएकोले निर्वाचनमा गठबन्धनले नजिते मुलुक अस्थीरता तर्फ जाने बताएका छन् । दाङमा प्रेस युनियन र प्रेस सेन्टरले संयुक्तरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महराले भने, ‘गठबन्धन पराजय भए मुलुक नै अस्थिरतातर्फ अघि बढ्छ, मुलुकको आगामी भाग्य र भविष्य निर्धारणका लागि गठबन्धन विजयी हुनुपर्छ ।’

महराले अहिलेको गठबन्धन पनि संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्नका निम्ति निर्माण भएको जिकिर गरे । ‘अहिले हामी बीचको गठबन्धन पनि संविधान र लोकतन्त्रको रक्षाका लागि हो,’ उनले भने । माओवादी र कांग्रेस विगतदेखि नै राष्ट्रियताको पक्षमा भएको बताउँदै उनले कांग्रेस र माओवादी लोकतन्त्रको पक्षमा उभिने र त्यसलाई संस्थागत गर्ने तर्फ साझा रुपमा अघि बढ्दै आएको बताए ।

पूर्व सभामुख महराले संविधान र जनताको अधिकार माथि ‘कु’ गर्दै मुलुकलाई अन्यौल र अस्थिरता तर्फ लैजान खोज्नेहरुविरुद्ध उभिनुपर्ने बेला आएको बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत