सिन्धुलीको दुधौली नगरपालिका–२ भलुवाहीमा १० दिनअघि नेपाली कांग्रेसको प्रचार सम्पर्क कार्यालय तोडफोड गर्ने समूहलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।
कांग्रेस सम्पर्क कार्यालयमा आक्रमण हुँदा केही कार्यकर्ता घाइते हुनुका साथै सवारी साधनमा क्षति पुगेको थियो । दोषीलाई कारबाही नभएको भन्दै तोडफोड गरी क्षति पुगेका सवारी साधनहरु उस्तै अवस्थामा छन् । एमाले वडाध्यक्षका उम्मेदवार रितेश राउतकै प्रत्यक्ष संलग्नतामा आक्रमण भएको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ । उम्मेदवार राउतसँगै अन्य ४० जनाभन्दा बढीलाई प्रहरीले खोजी गरिरहेको छ ।
कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरु दोषीलाई कारबाही र क्षतिपूर्तीको माग गरिरहेका छन् । आक्रमणमा परी आधा दर्जन कांग्रेस कार्यकर्ता घाइते हुनुका साथै ६ वटा सवारी साधनमा क्षति पुगेको छ । प्रहरीले भलुवाही क्षेत्रमा थप झगडा नहोस् भनेर कडा सुरक्षाको व्यवस्था गरेको छ । आक्रमणकारीको खोजी र घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ