बुधबार, फाल्गुन ६, २०८२

‘रनवे ३४’ फिल्ममाथि भारतीय पाइलट महासंघको आपत्ति


कान्तिपथ


बलिउड अभिनेता अजय देवगण अभिनित तथा निर्देशित भर्खरै रिलिज भएको फिल्म ‘रनवे ३४’ माथि पाइलटलाई गलत ढंगले प्रस्तुत गरेको भन्ने आरोप लागेको छ।

सत्य घटनामा आधारित भनिएको यस फिल्ममा अजयले एक सन्काहा पाइलटको भूमिका निर्वाह गरेका छन् ।यसैबीच, भारतीय पाइलट महासंघले भने ‘रनवे ३४’मा पाइलटलाई गलत ढंगले प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै फिल्मलाई सत्य घटनामा आधारित भए पनि पूरै काल्पनिक ढंगले प्रस्तुत गरिएको जनाएको छ ।

फिल्मको निर्माण पक्षले भने सन् २०१५ मा दोहाबाट कोची आइरहेको विमानलाई क्र्यास ल्यान्डिङ घटनाको सत्य कहानी बताउँदै आएको छ । मौसम खराब भएका कारण कम भिजिबिलिटी हुँदा उक्त विमान दुर्घटना भएको थियो । दुर्घटनामा केही यात्रुको मृत्यु भएको थियो । तर पाइलट महासंघले भने फिल्ममा देखाइएको घटना सत्यबाट धेरै टाढा रहेको बताएको छ ।

महासंघका सचिव क्याप्टेन सीएस रान्धावाले भनेका छन्, ‘रनवे ३४ को निन्दा गर्दछौं । फिल्ममा पाइलट पेशालाई जुन तरिकाले देखाइएको छ, यो सत्यबाट कोशौं टाढा छ । जुन ढंगले फिल्ममा देखाइएको छ, त्यसले विमानमा यात्रा गर्ने यात्रुको मनमा भ्रामक सन्देश पैदा गर्न सक्छ ।’

‘रनवे ३४’मा अजयका अलावा अमिताभ बच्चन र रकुल पीत सिंह पनि मुख्य भूमिकामा रहेका छन् ।फिल्म अप्रिल २९ बाट सिनेमा हलहरुमा प्रदर्शन भइरहेको छ । बक्स अफिमसा भने फिल्मले खासै राम्रो व्यापार गर्न सकेको छैन ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत