रुसी फौजले युक्रेनी सहर इज्युममाथि कब्जा गर्न आक्रमण तीव्र पारिरहेका बेला त्यहाँको एउटा भवनको भग्नावशेषमा ४४ जना सर्वसाधारणको शव फेला परेको छ । गत मार्चमा रुसी बमबारीबाट बच्न स्थानीय बासिन्दा भूमिगत तलामा लुकिरहेको अवस्थामा सो पाँच तले भवन ढलेको थियो ।स्थानीय एकजना अधिकारीले उद्धार टोली हालसालै मात्र सो भवनसम्म पुग्न सकेको बीबीसीलाई जानकारी दिए ।
सोही मार्गको अर्को भवनलाई लक्षित गरेर पनि बम प्रहार भएकाले मृतकको संङ्ख्या अझै बढ्न सक्ने आशंका गरिएको छ । इज्युमका मेयर भ्यालेरी मार्चेनकोले बीबीसीलाई भने, “हामीलाई अर्को भवनमा पनि मानिस थिए भन्ने थाहा छ । खोजीकार्य जारी रहेको छ । हामीलाई थाहा छ, चाँडै हामीले थुप्रै पीडितका शव फेला पार्नेछौँ ।”
रुसले १ अप्रिलमा नियन्त्रणमा लिएको इज्युम सहरमा अहिले पनि रुसी फौज तैनाथ छ । मर्चेन्काले ती भवनहरूमा बम आक्रमण गरिँदा रुसी फौजले सहरको आधा भाग मात्रै कब्जा गरेको बताए । रुसी फौज अघि बढ्ने क्रममा उनीहरूले सिधै भवन लक्षित बम प्रहार गरेको थियो । ती भवनको भग्नावशेष कुनै यन्त्र प्रयोग नगरिकन हातैले हटाइएको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ