इण्डियन प्रिमिएर लिग (आईपीएल) क्रिकेटमा गए राति भएको खेलमा गुजरात टाइटन्सले लखनउ सुपर जाइन्ट्सलाई ६२ रनले हराएको छ । यस जितका साथ गुजरात जारी आईपीएलको प्लेअफमा स्थान बनाउने पहिलो टिम बनेको छ ।
पहिले ब्याटिङ गर्दै गुजरातले चार विकेटको क्षतिमा १४४ रन बनाएको थियो । शुभमन गिलले अविजित ६३ रन बनाए । यसैगरी डेभिड मिलरले २६ र राहुल तेबतियाले २२ रन बनाए । कप्तान हार्दिक पाण्ड्या भने ११ रनमा आउट भए । बलिङतर्फ लखनउका मोहसिन खानले चार ओभरमा १८ रन दिएर १ विकेट लिए ।
१४५ रनको विजय लक्ष्य पछ्याएको लखनउको सुरुवातदेखि नै खराब प्रदर्शन रह्यो । लखनउ १३.५ ओभरमा ८२ रनमा समेटियो। क्विन्टन डिकक, दीपक हुड्डा र आवेश खान बाहेक अन्यले दुई अंकको रन पनि बनाउन सकेनन् । कप्तान लोकेश राहुल केबल ८ रनमा आउट भए ।
बलिङतर्फ गुजरातका राशिद खानले ३.५ ओभरमा २४ रन खर्चिएर ४ विकेट लिएका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ