शाकिब अल हसनलाई कोविडको लागि सकरात्मक परीक्षण गरिएको छ । यस कारण उनी मे १५ मा सुरु हुने श्रीलंका विरुद्धको पहिलो टेस्टबाट बाहिरिएका छन् ।
शाकिबले सोमबार प्रशिक्षण सुरु गरेको दुई दिनपछि बुधबार बंगलादेशको टेस्ट टोलीमा सामेल हुने योजना रहेको थियो। बीसीबीको प्रेस विज्ञप्ति अनुसार उनी अब कोभिड नेगेटिव नहुन्जेल सेल्फ आइसोलेसनमा बस्नेछन ।
बंगलादेशले उनको सट्टामा अरु कुनै खेलाडीको नाम तोकेको छैन तर उनीहरूले टेस्ट टोली घोषणा गरेको केही समयपछि घाइते मेहदी हसन मिराजको कभरको रूपमा अलराउन्डर मोसाद्देक हुसेनलाई रोजेका थिए ।
चट्टोग्राममा शाकिबको अनुपस्थिति गत महिना दक्षिण अफ्रिकामा काँधको चोटका कारण टोलीमा नपरेका मेहदी र तस्किन अहमद बिना रहेको घरेलु टोलीका लागि ठूलो धक्का हुनेछ। शोरिफुल इस्लाम टेस्ट टोलीमा छन् तर उनको सहभागिता पनि फिटनेस परीक्षणमा निर्भर गर्नेछ।
गत वर्ष डिसेम्बरमा पाकिस्तानविरुद्धको एक खेलपछि शाकिबले गुमाउने यो पाँचौं टेस्ट हो। उनले व्यक्तिगत कारणवस न्युजिल्यान्ड सिरिज छोडेका थिए र त्यसपछि आफ्नो परिवारका सदस्यको स्वास्थ्यका कारण दक्षिण अफ्रिका टेस्ट गुमाउनु परेको थियो। एक वर्षको प्रतिबन्धबाट फर्किएपछि शकिबले बंगलादेशका ११ मध्ये तीन टेस्ट खेलिसकेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ