शुक्रबार, चैत्र २७, २०८२

इन्टर मिलनलाई कोपा इटालियाको उपाधि


कान्तिपथ


 इन्टर मिलानले कोपा इटालियाको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा युभेन्टसलाई अतिरिक्त समयमा ४-२ गोलले पराजित गर्दै इन्टरले सन् २०११ पछि पहिलोपटक कोपाको उपाधि जितेको हो ।

स्टाडियो ओलम्पिकोमा भएको खेलमा इन्टरलाई जीत दिलाउन इभान पेरेसिकले दुई गोल गर्दा निकोलो बारेला र हाकन काल्गानोग्लुले एक/एक गोल थपे । युभेन्टसको लागि एलेक्स सान्ड्रो र डुसान भ्लाहोभिकले एक/एक गोल फर्काए । खेलको सातौं मिनेटमा ब्रोजोभिकको पासमा बारेलाले गोल गर्दै इन्टरलाई शुरुवाती अग्रता दिलाएका थिए ।

५० औं मिनेटमा सान्ड्रोले गोल गर्दै युभेन्टसलाई १-१ गोलको बराबरीमा ल्याए । दुई मिनेटपछि भ्लाहोभिकले गोल गर्दै युभेन्टसलाई २-१ गोलको अग्रता दिलाए । ८० औं मिनेटमा काल्हानोग्लुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई २-२ गोलको स्थितिमा ल्याएका थिए । बाँकी निर्धारित समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।

अतिरिक्त समयको ९९ औं मिनेटमा पेरेसिकले गोल गर्दै इन्टरलाई ३-२ गोलको अग्रता दिलाए । यस्तै १ सय २ मिनेटमा डिमार्कोको पासमा पेरेसिकले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ४-२ गोलको जीत दिलाएका हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत