इन्डियन प्रिमिएर लिग (आइपिएल)मा गएराती भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ । मिचेल मार्स र डेभिड वार्नरबीचको दोस्रो विकेटका लागि भएको १४४ रनको साझेदारीको मद्दतले दिल्लीले सजिलो जित प्राप्त गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई जितका लागि १६१ रनको लक्ष्य दिएको थियो । राजस्थानका लागि आश्विनले ५० रुनको अर्धसतकिय पालि खेलेका थिए भने देवदत्त पद्दिकलले ४८ रन बनाएका थिए ।
जवाफमा दिल्लीले पहिलो विकेट शून्यमा गुमाएपछि खराब सुरुवात गरेपनि मिचेल मार्सले ६२ बलमा ८९ रन बनाए भने अर्को छेउबाट डेभिड वार्नरले पनि अविजित ४१ बलमा ५२ रन बनाए ।
मार्स आउट भएपछि पिचमा आएका कप्तान ऋषभ पन्तले चार बलमा १३ रन बनाए र वार्नरसँगै अन्तिमसम्म नटआउट रहे । दिल्लीले यो खेल ११ बल बाँकी रहँदै जित्यो । दिल्लीको पारीमा युजभेन्द्र चहल र ट्रेन्ट बोल्टले एक–एक विकेट लिए ।
दिल्ली क्यापिटल्सको १२ खेलमा यो छैटौं जित हो। योसँगै राजस्थानको समान संख्यामा पाँचौं हार हो। यद्यपी दुवै अंक तालिकामा आफ्नो अघिल्लो स्थानमा नै रहेका छन् । राजस्थान १४ अंकसहित तेस्रो स्थानमा छ भने दिल्ली १२ अंकसहित पाँचौं स्थानमा छ । तर यो जितसँगै दिल्लीको नेट रन रेटमा सुधार भएको छ भने राजस्थानको नेट रन रेट घटेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ